बाढीले उपत्यकाको विभिन्न क्षेत्र डुवान, सयौँको उद्धार

काठमाडौँ , २१ भदौँ । रातीदेखि परेको भारी बर्षापछि आउको बाढीले काठमाडौँ उपत्यकाको विभिन्न स्थान डुवानमा परेको छ ।

घरहरु डुवेपछि सयौ मानिसलाई उद्धार गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म काठमडाँैँका झण्डै ४०० घर डुवानमा परेको छ । एकसय ५० को उद्धार भएको छ ।

मुख्यगरी खोडा किनारका बस्तीहरु डुवानमा परेको छ । बल्खुखोला, धोवी खोला बाग्मती, विष्णुमतिको आसपासका क्षेत्र डुवानमा परेको हो ।

IME Remittance