डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको ४ दिनपछि हेलिकप्टरबाट सकुशल उद्धार

सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ ।

गत कात्तिक १४ गतेदेखि सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषलाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याइएको हो । उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका उनीहरू धो क्षेत्रबाट फोक्सुण्डो ताल फर्कने क्रममा नुमला र वाग्ला पास आसपास हिमपातमा फसेका थिए ।

प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा समस्या हुँदा उद्धारमा ढिलाइ भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance