रहेनन भजन शिरोमणि भक्तराज

काठमाडाैं । भजनशिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाने क्रममा गायक तथा संगीतकार आचार्यको निधन भएको हो। उनको पार्थिव शरीर अस्पतालमै राखिएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। आचार्यले दर्जनौँ आधुनिक र लोकगीतसहित भजनमा स्वर तथा संगीत दिएका छन्।

२०४६ मंसिर १९ को रात बौद्धमा केही गुन्डाहरूको सांघातिक आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि भक्तराज शिथिल बन्दै गएका थिए । ५ वर्षपछि क्यान्सरका कारण उनको जिब्रो काट्नु परेको थियो । त्यसपछि भक्तराजको गायनमा हठात् पूर्णविराम लाग्यो ।

IME Remittance