नेपालगन्ज र धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघ्यो, अझै केही दिन बढ्ने

नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो।यो तापक्रम यसपालिकै सबैभन्दा बढी रहेको मौसमविद सरोज पुडासैनीले बताए।पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो।

शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ।धनगढी र नेपालगन्जमा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।

मौसमविद् पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।अघिल्लो दिन (जेठ ११ गते) नेपालगन्जको तापक्रम ३८.८ डिग्री सेल्सियस थियो।

IME Remittance