काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को बजेता बर्दियाका करण परियार बनेका छन । शनिबार भएको ग्राण्ड फिनालेमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बन्न सफल भएका हुन् ।
उपाधीसँगै परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । ‘नेपाल आइडल सिजन ५’को फस्ट रनरअप पोखराकी सलोमी गुरूङ बनेकी छन् भने सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा भएकी छन् । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुरस्कार पाएकी छन् ।त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल बन्दै स्कुटर पाएका छन् ।
यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापामगरले नेपाल आइडलको उपाधि हात पारेका थिए । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल लगायतले प्रस्तुति देखाएका थिए ।


