– प्रवेश शर्मा
लगभग दुईबिसको अन्तरमा
“उपयोग अनि ध्वस्त” को बाटोले
बारम्बार फ्लप खायो नि, बुझ्यौ? यहि नेरोघेरोको बहसको बिचमा
तिमिले देश र जनता लाई के दियाैँ ?
यहि ब्यबस्थाको निर्बाचनलाई/बहुमतलाई
मापनको धारिलो कडि भन्थ्यौ नि, होईन?
तर, हेर त कम्युनिस्टकै नाममा
आज जनताले शसक्त बहुमत दिए
र नि फेरि चोरहरुकै बिगबिगी?
बलत्कारी दलाल हरुकै डगडगी?
खुलेआम भ्रष्टाचारी हरुकै चुरिफुरी,
नितिगत आतङ्कको यो हदको पानी पुरी?
अनि देश र जनताको चाहिँ कुरिकुरी?
मापनको धारिलो कडि भन्थ्यौ नि, होईन?
तर, हेर त कम्युनिस्टकै नाममा
आज जनताले शसक्त बहुमत दिए
र नि फेरि चोरहरुकै बिगबिगी?
बलत्कारी दलाल हरुकै डगडगी?
खुलेआम भ्रष्टाचारी हरुकै चुरिफुरी,
नितिगत आतङ्कको यो हदको पानी पुरी?
अनि देश र जनताको चाहिँ कुरिकुरी?
बुझ र फेरिपनी बुझ, यो ब्यबस्थामा
साधुलाई चोर/डाँकाले चलाउछ
र डाँका चोरलाई हत्याराले डोर्याउछ,
हत्यारालाई सामन्तिले लोभ्याउछ
अनि सत्ता र दम्भले तानाशाह जन्माउछ।
ईतिहासले बारम्बार पुष्ठि गरेको छ
यो ब्यबस्थाको उपयोगको नितिले

अनि यो ब्यबस्थाले दलाल पुजिबादको
सेवा गर्दै वा मालामाल बनाउदै जाँदा
धनी र गरिबको खाडल झन बडेको छ।
त्यसैले,
त्यसैले आउ अब यो ब्यबस्थै तोडम
महिसासुर बनेका नब-सामन्त हरुका
ऐस आराम र बर्गविभेद गोडम/फोरम
समाजबादको बाटो कैयौं फराकिलो छ
यो ब्यबस्था उपयोगको नितिलाई त्यतैतिर मोडम।।
-प्रबेश शर्मा,
बाग्लुङ,
हाल-युएई



