–जीवन खत्री कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार दक्षिण कोरियामा विमोचन भएको छ । इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको एक कार्यक्रमबीच यहाँ रहेका साहित्यकार पराजित पोमु, सुनिलदिप्त राई शकुन आँशु, उत्तम खजुम, सुरेशसिंह सम्बाहाम्फे, मातृका नेम्वाङलगायतले विमोचन गरेका हुन् । विगत चार वर्षदेखि कोरियामा श्रमिकको रुपमा रहेकी खोटाङकी सुष्मा रानाहँमाको कविता कृति आमाको तासफोटोबारे बोल्दै कवि तथा इतर आवाज संस्थाका संयोजक पराजित पोमुले सुष्माका कविता बलिया र आञ्चलिक र आफ्नो मुलकको प्रेमले ओतप्रोत भएको जिकीर गरे । त्यस्तै कोरियामै बसेर साहित्य साधनामा रमाइरहेकी कथाकार दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्रह छकालैका बारेमा कवि शकुन आँशुले यो कृति समाकालीन युवाहरूको संयुक्त आवाज भएको बताइन् । ४६ कविता सङ्ग्र्राहित आमाको तासफोटोलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो । त्यस्तै छकालै २० कथाकारका एक एक कथा समावेश भएको संयुक्त सङ्ग्र्रह हो । यस कृतिलाई कथाकार नवीनले सम्पादन गरेका हुन् । कार्यक्रममा उपस्थित कविहरूले आ–आफ्ना कविता गीत गजलवाचन गरेर कोरियामा आफूले भोग्ने कम्पनीको दुःख विर्सने कोशिस गरेका थिए ।
- अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
- तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
- जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदैजनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै
- ति-हार, कविता-श्रृजना शर्मा रेग्मी
- तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा
- पहिलो त्रैमासमा १६ अर्बको विद्युत् निर्यात : भारततर्फ क्षमता बढ्यो, बङ्गलादेशतर्फ ४० मेगावाट पुनः सुरु
- आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
- ‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन
- डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको ४ दिनपछि हेलिकप्टरबाट सकुशल उद्धार
- पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
- मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने
- गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो


