– निलिमा पुन ।
सलाम तिम्रो प्रतिबद्धतालाई
तिमी यो युगको सिपाही
विचारको अस्त्र बोकेको लडाकु
सामाजिक सुरक्षागार्ड अनि
शक्तिशाली ज्वारभाटा हौ
सलाम तिम्रो समर्पणलाई
तिमी सृजनाका अगुवा
चेतनाका सँवाहक
आस्थाको शिखर अनि
भरोसाको केन्द्र हौ
सलाम तिम्रो प्रतिकात्मक मौनतालाई
तिमी हेराईबाट विभेद बुझ्छौ
शब्दबाट दृष्टिकोण बुझ्छौ
व्यवहारबाट प्रवृत्ति बुझ्छौ
योजनाहरुमा नियत बुझ्छौ
सलाम तिम्रो विवेकलाई
तिमी मानवताको परिधि हेर्छौ
हृदयबाट परिवेश नियाल्छौ
संवेदनाहरु महसुस गर्छौ
हरेक क्षण सचेत रहन्छौ
सलाम तिम्रो कलालाई
तिमी असहजतालाई सहज गराउछौ
प्रतिकुलतालाई अनुकुल बनाउछौ
आवेगलाई साहसमा परिणत गर्छौ
कठोरताभित्र सुन्दरता देख्छौ
सलाम तिम्रो धैर्यतालाईब
तिमी अप्ठ्यारोहरुमा उपाए देख्छौ
विपत्तिमा आँट भर्छौ
निराशालाई शक्तिमा बदल्छौ
बाधाहरुलाई पन्छाउदै हिडछौ
सलाम तिम्रो गतिशीलतालाई
तिमी समयसँग कदम जौड्छौ
परिस्थितिहरु सामना गर्छौ
कठिनाईसँग मित्रता गास्छौ
जिम्मेवारीलाई शीरमा राख्छौं


