दिपेश आचार्य काठमाडौं–
राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सोमबारको निर्णयअनुसार शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।


