चोलेन्द्र शम्सेर जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

विभाग स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबराको घरमा र उनका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ ।

आज दिउँसो राणानिकट मानिएका नारायण दाहाल,दिपक तिमल्सिना,नविन बस्नेतलगायतको घरमा पुगेको विभागको टोली राणाको घरमा पनि पुगेर प्रमाण संकलन गर्दैछ ।

राणालाई सरकारले गत साता सुरक्षा थ्रेट भएको भन्दै घरबाट उठाएर प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो ।
IME Remittance