जेठ ४ । इजराइलले हवाई आक्रमण गरेर गाजामा एपी र अल जजिराका कार्यालयहरू भएको एउटा भवन ध्वस्त पारिदिएपछि प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यसको निन्दा गरेका छन्।
अहिले गाजाको सीमा बन्द छ र बाहिरबाट अन्य पत्रकारलाई त्यहाँ समाचार सङ्कलन र सम्प्रेषण गर्न जान दिइएको छैन।
हमासको सैन्य गुप्तचर निकाय उक्त भवनमा बसेको हुनाले उक्त कारबाही गरिएको इजरेलको दाबी रहेको बीबीसीले जनाएको छ ।
तर एपीका कार्यकारी सम्पादकले त्यो दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै इजरेलले गरेको आक्रमणबारे छानबिन हुनुपर्ने बताएका छन्।


