दुखैदुखमा तिमीले सपना भुलेपनि के भयो र
चुनाव आउदा सपना देखाउनेहरु धेरै आउछन्
तिम्रो त्यो दुखी जीवन भन्दा
तिम्रो एउटा भोट अमुल्य छ
त्यसैले,भोट दिएर गुन लगाउ जनता
आशैआशमा भएपनि बर्षौ गुजार्न सकिन्छ नी
रिनैरिनले तिम्रो शीर झुकेपनि के भयो र
चुनाव आउदा सबैले नमस्कार गर्छन्
तिम्रो त्यो रिन बोकेको शीर भन्दा
तिम्रो एउटा भोट अमुल्य छ
त्यसैले,भोट दिएर गुन लगाउ जनता
आशैआशमा भएपनि शीर उठाएर हिड्न सकिन्छ नी
तिमी उपचार नपाएर थला परेपनि के भयो र
चुनाव आउदा सबैले सहयोग गर्ने वाचा गर्छन्
तिम्रो त्यो विरामी शरीर भन्दा
तिम्रो एउटा भोट अमुल्य छ
त्यसैले,भोट दिएर गुन लगाउ जनता
आशैआशमा भएपनि व्यथा सहन सकिन्छ नी
गरिबीले तिम्रो अवस्था नाजुक भएर के भयो र
चुनाव आउदा सबैले भरिपुर्ण बनाउने संकल्प गर्छन्
तिम्रो त्यो गरीबी भन्दा तिम्रो एउटा भोट अमुल्य छ
त्यसैले, भोट दिएर गुन लगाउ जनता
आशैआशमा भएपनि धनी बन्ने कल्पना गर्न सकिन्छ नी


