भारतका अभिनेता नाना पाटेकरको निधन

चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना बुबाको निधन भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । प्राप्त समाचारअनुसार उनलाई हृदयाघात भएको हो ।

उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

नाना पाटेकर पछिल्लो समय विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर फिल्म ‘ओ’रोमियो’ मा देखिएका थिए । सन् २०२६ को फेब्रुअरीमा रिलिज भएको उक्त फिल्ममा शाहिद कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए भने पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थि ए।

 

IME Remittance