कोहलपुर, २०७६ बैशाख २८ शनिवार ।
रक्तिम सांस्कृतिक अभियान बाँकेको आयोजनामा गाभरमा वनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त वनभोज कार्यक्रममा बरिष्ठ लेखक तथा प्रगतिशील पत्रकार संघका केन्द्रीय सल्लाहकार शशीधर भण्डारी, जनगायक जीवन शर्मा , बरिष्ठ सांस्कृतिक अभियन्ता नारायण योगी , वरिष्ठ पत्रकार तिलक गाउँले रक्तिम सांस्कृतिक अभियान कैलाली का अध्यक्ष लक्ष्मी रिजाल , लगायत बाँके जिल्लाका स्थानीय कलाकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

मान बहादुर भण्डारीकाे प्रमुख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रचण्ड गर्मी र अन्य कतिपय बाधा व्यवधानका बाबजुद बाँके जिल्लाका विभिन्न तह र तप्कामा क्रियाशिल जिम्मेवार व्यक्तिसहित व्यापक जनसहभगिता रहेकाे थियाे ।

बनभाेज कार्यक्रमलार्इ अरू खँदिलाे र प्रभावकारी बनाउन विभिन्न सहभागीहरूले अाफ्ना संक्षिप्त मन्तव्य पनि राख्नु भएकाे थियाे । बाँके जिल्लामा कृयाशील सांस्कृतिक अभियानका कलाकारहरूले राेचक साँस्कृतिक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रीय सदस्य परशुराम लामिछाने, प्रगतिशील पत्रकार संघ केन्द्रिय सदस्य तथा बाँके का. बा. जिल्ला अध्यक्ष विनोद पौडेल, राष्ट्रिय जनमोर्चा बाँके जिल्ला अध्यक्ष गुणनिधी आचार्य, अखिल नेपाल महिला संघ सचीव शर्मिला लामिछाने, अखिल नेपाल शिक्षक संघ अध्यक्ष बुद्धि बन्जाडे, जातीय समता समाज उपाध्यक्ष रेखिराम विक, महिला नेत्री लिलामाया लामिछाने र बयोवृद्ध नेता ॠषिराम लामिछानेको समेत आतिथ्यता रहेको थियो । करिब डेढ सयको सहभागिता रहेको उक्त कार्यक्रम रक्तिम साँस्कृतिक अभियानका जिल्ला संयोजक शरद लामिछानेको अध्यक्षता, जिल्ला सदस्य ईश्वर पाण्डेको स्वागत र राष्ट्रिय जनमोर्चा बाँके पुर्वअध्यक्ष गौरीलाल कार्कीको संचालन बाट अघि बढेको थियो ।





