
१. परिचयात्मक पृष्ठभूमि
नाटकको आद्यरूप नृत्यगीतलाई मानिएको
छ । नृत्य र गायतको परम्परा प्राचीन
कालदेखि नै रहेको र यो कृषिकर्म र धार्मिक
अनुष्ठानसँग सम्बन्धित थियो भन्ने उल्लेख
पाइन्छ । आजको लाखेनाच, देवीनाच र
धाननाच हेर्दा र असारे गीतहरु सुन्दा हो कि
जस्तो पनि लाग्छ । गाथागायनको परम्परा
पनि निकै प्राचीन लाग्छ । आज हुड््केले
हुड््को बजाएर र गन्धर्वले सारब््गी रेटेर जुन
गाथा गायन गर्छन्् र ती गाथा गाउने गायक
जातिका रूपमा जसरी चिनिएका छन््,
यिनले प्राचीन परम्पराको झल्को दिउका
छन्् । यस्तै अर्को बालुन छ । यसबा बालुन
गाउँदै नृत्य गरिन्छ । हाउभाउ पनि लाइन्छ ।
अझ सोरठी र घाटुमा त गायन, बाद्यबाद्यन,
नृत्य सहित अभिनय पनि हुन्छ । यसलाई त
लोकनृत्य नाटक मात्र नभई सब््गीत नाटक
समेत भन्न सकिन्छ ।
सब््गीत नाटक नाटककै एउटा प्रकार हो ।
विषयले, प्रवृत्तिले, परिणतिले भाषिक
संरचना र प्रस्तुतिले नाटक विभिन्न प्रकारमा
विभक्त भएको छ । जस्तो परिणतिका
आधारमा दुखान्त र सुखान्त नाटक
छुट््टिएको छ, त्यसैगरी भाषिक आधारमा
गद्य र पद्य भनी वर्गीकृत भएको छ । हामीले
जुन प्रगतिबाद्यी भनेका छौँ, यो प्रवृत्तिका
आधारमा आदर्शबाद्यी, यथार्थबाद्यी,
मनोविश्लेषणबाद्यी, प्रयोगबाद्यी जस्तै
वर्गीकृत भएको हो । यसैगरी सब््गीत नाटक
पनि ध्वनिनाटक, सडक नाटक, गीतिनाटक
झैँ प्रस्तुतिका आधारमा वर्गीकृत भएको
नाटकको एक रूप हो ।
सब््गीत नाटकलाई ‘अपेरा’ भनिएको
पाइन्छ । ‘अपेरा’ अब््ग्रेजी शब्द हो तर
आयो इटालिएर फ्रेज ‘अपेरा इन म्युजिका’
(सब््गीत कार्य) बाट यसलाई पुनर्जागरण
कालको उत्पादन ठानिन्छ ।०
नाटकलाई महाकाव्य जस्तै साहित्यको
प्राचीन विधा मानिन्छ । यो लोकप्रिय विधा
हो । यो संबाद्यका माध्यमबाट संरचित
हुन्छ (श्रेष्ठ र शर्मा, २०६३ ः १३२) ।
यसमा मूल रूपमा अनुकरण र संबाद्य हुन्छ,
जुन दृष्य संयोजन सहित रब््गमञ्जबाट
प्रदर्शित हुन्छ । कथानक, पात्र, परिवेश,
संबाद्य, द्वन्द्व यसका तŒवहरु हुन्् । नेपालमा
लिच्छविकाल र मल्लकालमा समेत कुनै
न कुनै रूपमा नाटक खेलिने गरेको र ती
नाटकहरु संस्कृत भाषाका भएको उल्लेख
पाइन्छ । नेपाली भाषाको नाटकको सुरुवात
त मोतीराम भट्टको पालादेखि भएको र अझै
मौलिक नाटक पहलमान सिंह स्वाँरको
‘अटल बहादुर’ (१९६०) लाई मानिएको
पाइन्छ (उपाध्याय, २०३२ ः १८४) ।
यसपछि नेपाली नाटकलाई बालकृष्ण सम,
भीमनिधि तिवारी, गोपाल प्रसाद रिमाल
आदिले अगाडि बढाउँदै आएर आजसम्म
आइपुगेको छ ।
नाटकमा जस्तै अपेरामा पनि कथानक, पात्र,
दृष्यविधान, पदरचना, विचारतŒव आदि सबै
अब््गहरु हुन्छन्् । यसमा थप सब््गीत तŒव
हुन्छ र यसले नै नाट््य तŒवलाई निर्देशित
गर्दछ । रब््गमञ्चको तल वा साइडमा रहेको
बाद्यवृन्दपिटबाट बाद्यवृन्दले निदिष्ट गरेको
सब््गीत अनुसार अभिनय कलाकारले
गायन र अभियनय गर्ने नाट््यकला नै अपेरा
हो । यसमा अभिनय गर्नेले नै अपेरागीत
गाउने र उनीहरु तालिमप्राप्त कलाकार हुनु
पर्ने समेत उल्लेख पाइन्छ (दर्नाल, २०५८
ः ३५) ।
नेपाली नाटकसँगै नेपाली अपेराहरु पनि
आरम्भ भएका भए पनि अपेरा नेपालको
देन होइन । यसलाई युरोपको पुनर्जागरण
कालको उपलब्धि ठानिन्छ । यो
सोह«ौँ शताब्दीमा इटलीमा जन्मेको
अर्थात्् इटलीको फ््लोरेन्स दरबारमा
दरबारियाहरुको आमोदप्रमोदका लागि
धर्म निरपेक्ष विषयवस्तुलाई साब््गीतिक
रूपमा प्रस्तुत गर्ने नयाँ खालको होडबाजीमै
यो जन्मिएको थियो । एकैसाथ अभियन,
गायन, नृत्यर बाद्यवृन्दद्वारा सब््गीत
प्रस्तुत गर्ने होडबाजीको क्रममा अपेरा
जन्मिएको पाइन्छ (शर्मा, २०७३ ः ९) । तर
चिनियाँहरुको सांस्कृतिक परम्परा भने लामो
छ । झाव वंश (ई. ३१९–३५०) देखि
नै अपेराको आरम्भ भएको, क्वीवंशको
समयमा मुखमा रब पोतेर वा मुकुण्डो
लगाएर गीत र नृत्य सहित अभिनय गर्ने
चलन भएको, हास्य कलाकारद्वारा खेलिने
साधारण नाटकदेखि स्त्रीको भेषमा पुरुषले
नै अभिनय गर्ने चलन भएको र पछि ई.
७१२ तिर तानवंशको पालामा सब््गीत
एकेडेमी बनेको, एउटै मात्र पात्रले अभिनय
र गायन गर्ने काव्य–नाटकको विकास
पनि भएको र र पछि चिनियाँ क्रान्तिका
बेला ‘बेजिब अपेरा’ को विकास भएको,
माओको ‘पूर्व रातो भो’ गीतका आधारमा
‘द इस्ट इज रेड’ शीर्षकमा जनसब््घर्षको
कथानक राखेर भाग भाग गरी अपेरा
निर्माण गरिएको पाइन्छ । साथै पछि चिनियाँ
सर्वहारा सांस्कृतिक क्रान्तिको बेलामा
‘ग्याब अफ फोर’ को अगुवाइमा ‘आठ
नमूना अपेरा’ अन्तर्गत ‘रातो लालटिन’
अपेराको उद््भव भएको र पश्चिमका
अपेराहरुलाई ‘मृतनाटक’ एवं ‘विषालु घाँस’
को नाम दिएर प्रतिबन्ध लगाइएको उल्लेख
पाइन्छ । ००
२. नेपाली अपेराको प्रसंग
‘एकाध कोइलीले गाउँदैमा वसन्त आएको
हुँदैन’ भने झैँ नेपाली नाटकको आरम्भतिरै
नेपाली अपेराको पनि सुरुवात भएको भए
पनि वि.सं. १९६९ देखि २००७ सम्म झण्डै
चार दशक नेपाली अपेराहरु नलेखिएकाले
नखेलिएकाले अपेरालाई नाटकलाई
समवस्यक मान्न र अपेराको वसन्त आएको
मान्न नसकिने भएको छ । वीर शमशेरका
माइला छोरा धर्म शमशेरलाई अशोक सुन्दरी
नामकी पार्वतीकी मानसपुत्रीलाई हुण्डले
भगाएको र नहुषले हुण्डलाई मारी अशोक
सुन्दरीसँग विवाह गरेको पौराणिक कथा वा
मिथक मन परेकाले यसै कथाको आधारमा
अपेरा बनाउन दरबारको हुकुम भएपछि
शम्भु प्रसाद ढुब््गेल र उनका साथीहरु
मिली बनाएको अशोक सुनदरी अपेरा
वि.सं. १९७४ मा दरबारमै मञ्चक गरिएको
उल्लेख पाइन्छ (शर्मा, २०७३ ः ६४) र
यसमा उस्ताद झुमकलाल मिश्रले सब््गीत
प्रदन गरिएको समेत उल्लेख पाइन्छ ।
तर यसपछि भने २००७ सम्म कुनै अपेरा
मञ्चन भएको उल्लेख पाइदैन, यद्यपि त्यस
समयदेखि हालसम्म यो १०६ वर्षभित्र ५४
वटा नेपाली अपेराहरुका पाठ््यपुस्तकहरु
तयार भएका र कतिपय मञ्चित भएको
उल्लेख पाइन्छ ः गिरीश वल्लभ जोशीको
‘पशुपति सभा र सत्य नारायण चरित्र’
(सं. १९६९), शम्भु प्रसाद ढुब््ग्यालको
‘अशोक सुन्दरी’ (सं. १९७४), मोहन
बहादुर मल्लको ‘पगल दुनियाँ’ (२००८),
लक्ष्मी प्रसाद देवकोटाको ‘मुनामदन’
(२००९), ‘कृषिवाला’ (२०२१), बालकृष्ण
सभको ‘नालापानीमा’ (२०२०) देाि माधव
घिमिरेका ‘शकुन्तला’, ‘मालती मब््गले’,
‘विषकन्या’, ‘अश्वत्थामा’, ‘हिमालपारि
हिमालवारि’, ‘देउकी’, ‘बालकुमारी’ आदि
र यी लगायत पाँच दर्जन जति अपेराहरु
लेखिएका देखिन्छन्् ।
आजभन्दा सय वर्ष अगाडि मञ्चन गरिएको
नेपाली अपेरा ‘अशोक सुन्दरी’ अझ
त्यो भन्दा पनि पाँच वर्ष अघि प्रकाशित
‘पशुति सभा’ को चर्चाले हामीलाई छक्क
पारेको छ । त्यसबेलाका नेपाली लेखक,
कलाकारहरुमा अपेराको सोच कसरी
पैदा भयो होला ! मलाई लाग्छ, यसक
दुई वटा कारण हुनु पर्छ– पहिलो, उहाँहरु
हिन्दी, फारसी नाटक मार्फत्् पाश्चात्य
अपेरा अवलोकन गर्न पुगेको हुनु पर्दछ ।
दोस्रो, पूर्वीय परम्परामा नाटकलाई रूपक
र उपरूपक गरी जुन विविध वर्गीकरण
गरिएको छ, यसमा अपेरा प्रकारको कुनै
नाटकको परम्परा हुनु पर्छ र उहाँहरु यसबाट
प्रभावित भई राजा–महाराजा र उसको
हुकुम अनुसार अपेराकै तहको नाटकको
नजिक पुगेको हुनु पर्छ । तेस्रो– हाम्रो
लोक परम्परामा लाखेनाच, मारुनी नाच,
दुर्गानाथ, देवनाथ, इन्द्रायणी नाच जस्ता
शब्द नभएका बाद्यबाद्यनमा मात्र नाचिते
नाचहरु थिए । यसी गरी भाटका गीत र
अभिनय नाच, असारे, तिजे, रत्यौली,
गीतगायन, नृत्यनाच र धाननाचको प्रचलन
पनि थियो । अझ लोक परम्परामा त लोक
नृत्य नाटकहरु बालुन, सोरठी र घाँटु ज स्ता
झण्डै अपेराकै स्तरका नृत्य नाटकहरु थिए
र छन्् । उहाँहरु यसबाट प्रभावित भई यसमा
केही नयाँपन थपेको पनि हुन सक्छ । तर जे
भए पनि नेपाली रब््गमञ्चमा अपेराको उदय
भयो र हाम्रो कला, साहित्यको भण्डारमा
एउटा नवीन सम्पदा थपियो ।
३. प्रगतिबादी अपेरा
प्रगतिबाद्य यथार्थबाद्यी सामाजिक
चिन्तनको विकसित रूप हो । अक्टोबर
क्रान्तिपछि सोभियत रुसका साहित्य
चिन्तक गोर्कीले यसलाई साहित्य र
कलाको ‘समाजबाद्यी यथार्थबाद्यी’ धारा
भनेका थिए । त्यहाँको क्रान्तिपछिको नयाँ
यथार्थलाई यसरी औल्याइएको थियो ः
वस्तुनिष्ट दृष्टि, यथार्थ चित्रण, वर्गीय
पक्षधरता, प्रारूपपित पात्र र घटना, उदात्त
नायक र क्रान्तिकारी आशावादिता जस्ता
गुणहरु यसमा सामेल थिए ।
श्रमजीवीको आन्दोलनमा उन्नत
चेतना बाहिरबात र माथिबाट आउँछ
भने झैँ नेपाली समाजमा समाजबाद्यी
चेतना कम्युनिस्ट बुद्धिजीवीहरुले रुस
र चीनको क्रान्तिको प्रभावमा भित्राए ।
पृष्ठभूमिमा राजनीतिक सब््गठनहरुको
गठन, सहिदकाण्ड, मकैको खेतीकाण्डदेखि
योगमायाको जल समाधिसम्मका काण्डहरु
थिए । अझै अगाडि जाने हो भने मध्ययुगिन
सामन्ती समाजका दासप्रथा, सतिप्रथा जस्ता
त्रासद रुढीका छायाहरु पनि हटिसकेका
थिएनन्् ।
समाजबाद्यी उन्नत चेतना नेपालमा प्रवेश
गर्दा यहाँको विशेषता अब््गिकार गरेर
प्रवेश गरेको देखिन्छ । यहाँको धार्मिकता,
जातीयता, लैब््गिकता र प्रादेशिक
मानसिकताको निरपेक्ष भएर होइन, तिनकै
सापेक्षतामा प्रवेश गरेको देखिन्छ । यस
चिन्तनलाई सांस्कृतिक क्षेत्रबाट अघि
बढाउन सब््गठित अभियान थालिएको र
प्रगतिशील लेखक सब््घ नामक सब््गठनको
जग श्याम प्रसाद शर्मा, गोविन्द प्रसाद
लोहनी, भवानी घिमिरे, कृष्णचन्द्र सिंह
प्रधान, धर्मराज थापाहरुले राखेको पाइन्छ
(सुब्बा, २०७४ ः ३१) । यसै गरी यसलाई
गोकुल जोशी, युद्ध प्रसाद मिश्र, केवलपुरे
किसान, हृदयचन्द्र सिंह प्रधान लगायतका
कवि, लेखक, कलाकारहरुले अगाडि
बढाउको र नेपाली आकाश प्रगतिबाद्यी
संस्कृति, गीत, सब््गीत, नृत्य, अभिनयले
गुञ्जित हुन पुगेको पाइन्छ ।
‘पचास रुपैयाको तमसुक’ जस्ता नाट््य
प्रदर्शन, जनगीति मालाहरुको प्रकाशन,
वेदना, सब््कल्प परिवार जस्ता सांस्कृतिक
सब््गठनहरुको निर्माण, देशभरि
जनगीतहरुको विस्तार, जनजीविका, राष्ट्रिय
अखण्डता, वर्गीय पक्षधरता आदिका बारेमा
गीत, गायन, नाटकहरुको प्रदर्शन, लोकगीत,
सब््गीत र लोक साहितयहरुको सब््कलन र
अध्ययन आदिका माध्यमबाट प्रगतिबाद्यी
चिन्तन मुखरित भइरहेको थियो ।
पञ्चायती व्यवस्था एवं निरब््कुश राजतन्त्र
जनसंस्कृतिको विरोधी भएकाले हाम्रा
कलाकारहरुले ‘हाम्रो देशको प्यारो कवि
जेलमा बन्द छ’ भनेर भावउच्छ््लन गर्नु
परेको थियो । ‘गाउँगाउँबाट उठ…’ भनेर
आह््वान गर्नु परेको थियो । ‘यो सरकारले
के के दियो ? बुट, लाठी गोली दियो’
भनेर कुर्लिनु परेको थियो । ‘कोही त भने
जहाजमा हार, कोही त भने पसिना तार’
भनेर वर्गीय भेद बताउनु परेको थियो । आज
यी कुराहरुको उल्लेख किन गर्नु प¥यो भने
प्रगतिबाद्यी अपेराको उद््भव यिनै कुराहरुको
समष्टिगत अभिव्यक्तिमा भएको थियो ।
पृष्ठभूमिका आधारमा लोकनृत्य नाटकहरु
पनि थिए । केही अपेराहरु पनि मञ्चित
भइसकेका थिए । त्यसमाथि प्रमुख प्रभाव
चिनियाँ अपेरा र कोरियन अपेराहरुको
परेको थियो । खासगरी चिनियाँ सर्वहारा
सांस्कृतिक क्रान्तिताकाका अपेराहरुको
प्रभाव परेको थियो । यिनै प्रभावहरुको
फूलबारीमा प्रगतिबाद्यी अपेरा ‘सिम्मा’
फुल्यो, फक्र््यो ।
‘सिम्मा’ प्रगतिबाद्यी धारको पहिलो नेपाली
अपेरा थियो । यसको पाठपुस्तिकाका
लेखक एवं ‘सिम्मा’ का कल्पनाकार,
प्रख्यात प्रगतिशील गायक, सब््गीतकार,
गीतकार रायन (नारायण भक्त श्रेष्ठ)
हुन्् । उनी अर्का जनसब््गीतकार रामेश
श्रेष्ठसँगै ओखलढुब््गाबाट रेडियो नेपालमा
लोकगीत गाउन छानिएर काठमाडौँ
आएका थिए । यी दुईको ‘गाई चर्नेमा भैँसी
च¥यो वनको सेखी झ¥यो, वनको राजा
कुशुण्डालाई हजुर भन्नु प¥यो’ भन्ने गीत
सेन्सरमा परेको थियो र ‘वनको राजा…’
भन्ने शब्द हटाएर ‘मै हुँ भन्ने सामन्तीलाई’
शब्द राखेर गाएका थिए । यी दुईको स्वर
सुनेर प्रख्यात लेखिमा पारिजात प्रभावित
हुनु भएको थियो र यसकै विकास भएर
रायन प्रगतिबाद्यी गीत–सब््गीतको धारामा
सम्मिलित हुन आइपुगेका हुन्् । उनको
‘सिम्मा’ बाट नै प्रगतिबाद्यी अपेराहरुको
प्रारम्भ भयो र आज भण्डै दुई दर्जन
प्रगतिबाद्यी अपेरामा पाठपुस्तकहरु
प्रकाशित भएका छन्् ।
४. प्रगतिबाद्यी अपेराको विकासक्रम
४.१. सिम्मा (२०३८)
‘सिम्मा’ एउटा पात्र डेङ्सू भन्छ– ‘नआऊन््
कोही नफसून्् कोही मुग्लानमा नेपाली’ ।
‘डेब््सु’ मात्र नभई ‘ठुले’, ‘गोर्जा’, ‘खाम्बे’,
‘गान्बा’ सबै पात्रहरुमा विद्रोही चेना पैदा
भएको छ । भाडाको सिपाहीको रूपमा
विदेशीका निम्ति आफू जस्तै गरिबलाई मार्नु
पर्ने विदेशी सेनाको सिपाही हुनु परेकोमा
सबैले पछुतो मानेका छन । साहुबाट घरबार
लुटिएकी र ऋणको बहानामा साहुको
नोकर्नी भएर बत्तिस हण्डर खाएकी ‘सिम्मा’
रानी पनि देशभित्रै शत्रुसँग लड््न विदेशबाट
डेब््सुहरु फर्किनु पर्ने सन्देश पठाउँथे र
भाडाको सिपाही हुन कोही पनि नआऊन््
भन्ने विद्रोही भाव व्यक्त गर्दै डेब््सुहरु
फर्किन्छन्् । रोजगारीका निम्ति परदेश जानु
पर्ने र भाडाको सिपाही भएर युद्धमा जानु
पर्ने बाध्यता नेपालीहरुको राष्ट्रिय नियति
हो । देशमा सुशासन भए, जनबाद्यी व्यवस्था
भए यो नियति भोग्नु पर्दैनथ्यो । यो नियति
त आज पनि नेपालीले भोगिरहेका छन्् ।
आज वैदेशिक रोजगारीका कारणले गाउँ
रित्तो भएको छ, युवाहीन भएको छ । आज
पनि देवकोटाले मुना झैँ रायनकी ‘सिम्मा’
झै नेपाली चेली रोएर बसेका छन्् । आज त
झन्् तिनले लास पर्खेर बस्नु परेको छ ।
सिम्माले अन्तर्वस्तुका हिसाबले जुन राष्ट्रिय
यथार्थ प्रस्तुत गरेको छ, यसलाई हेर्ने दृष्टि
भने आलोचनात्मक मात्र छ । कलाका
दृष्टिले भने सिम्मा प्रभावशाली, भव्य र
प्रेरणादायी रहेको छ ।
४.२ आमा (२०३०)
यस अपेराको पाठपुस्तकका रचयिता उदय
शर्मा हुन्् । सिम्माको डेब््सु झैँ यसका
एक प्रमुख पात्र ‘मणिराम’ ‘मायादेवी’
लाई गाउँमा छोडेर भारतमा दरबान हुन
पुगेको छ । ऊ कमाई गुमाएर नौ वर्षपछि
घर फर्किन्छ । ‘धनवीरे’ मार्फत्् मायादेवी
मणिरामलाई गाउँको शोषण र अन्यायको
खबर पठाउँथे । सेटिब सिम्माकै जस्तो
छ । वर्गीय चेतना बोकेका पात्र ‘मास्टर’
र मणिरामको छोरो ‘सोहन’ यस अपेराको
ज्यान हो । यथास्थिति विरुद्ध उनीहरु
सब््गठित देखिन्छन्् । यो कृति वर्गीय
चेतनाका दृष्टिले सिम्मा भन्दा परिष्कृत
र कलाका हिसाबले सिम्मा भन्दा होचो
देखिन्छ ।
४.३ सिन्धुलीको व्यथा (२०४१)
यो अपेराको पाठपुस्तिकाका लेखक पनि
उदय शर्मा नै हुन्् । २५ पृष्ठ र ५ वटा
दृष्यहरुमा संरचित यस नाटकको विषयवस्तु
प्राकृतिक प्रकोपलाई बनाइउको छ ।
सिन्धुलीका केही गाउँहरु (मरिनखोला र
खुर्कोट) मा बाढीले धनजनको क्षति गरेको
र घरपरिवार गुमाएका ‘सोनाम’ आफू जस्तै
पीडितहरुले जब््गलको छेउमा बनाएको
झुप्रोमा आश्रय लिन पुग्छ । वनपाले
र पुलिस प्रशासनले पीडितबाट सुको
नपाएपछि झोपडीमा आगो लगाउँछन्् ।
सोनाम सब््घर्ष गर्दा घाइते हुन्छ र पञ्चायती
व्यवस्था विरुद्ध सब््घर्ष गर्न तम्सिन्छ ।
यसमा आलोचनात्मक चेतना मुखरित
भएको छ तर ‘आमा’ भन्दा चेतनाको
हिसाबले खस्किएको छ ।
४.४ सहिदकी आमा (२०४१)
अपेराको विकासक्रममा चौथो नम्बरमा
रहेको र अघिल्ला तीन अपेराको विषयवस्तु
भन्दा फरक र नयाँ विषयवस्तु रहेको यस
पाठपुस्तिकाका रचयिना अग्निशिखा (?)
हुन्् ।
४.५. युद्ध जारी छ (२०४९)
यसका रचयिता मुक्तिबन्धु (शारदा
रमण नेपाल) हुन्् । बिन्दु शर्माले आफ््नो
पुस्तकमा यस अपेराको चर्चा गरेकी छन्् ।
४.६. फूलबारीको कथा हवाइको व्यथा
(२०५९)
यो नाटकका रचनाकार उदय शर्मा (मुकुन्द
न्यौपाने) हुन्् । यसमा उनले विदेशी सेनामा
भर्ती भएर फोकल्यान्डको युद्धमा पुगेको
‘रूपे’ पात्रले राष्ट्रिय स्वाभिानको बोध
गर्दछ । गोर्खे कमान्डर ‘चन्द्रे’ गोरेहरुको
चम्चा बन्छ र गोर्खे सिपाहीलाई कुटपिट
गर्छ । रूपेले लडाइँमा एउटा खुट्टा पनि
गुमाउँछ । उसकी मायालु ‘आशा’ उसकै
आशामा तड््पिएर मजदुरी गर्न बसेकी
हुन्छे । ‘सिम्मा’ का डेब््सुहरु मुग्लानमा
कोही नआऊन भने्् फर्किन्छन्् भने यस
अपेराका मुख्य पात्रहरु अब््ग्रेज पल्टनका
कमान्डरहरुसँग सब््घर्ष गरेर फर्किन्छन्् ।
‘सिम्मा’ कै सेटिबमा भए पनि यसमा
विदेशी सेनामा भएको अन्याय देखाइएको
छ । विदेशीले गोर्खेलाई अपमान गरेको
देखाइएको छ । द्वन्द्व देखाइएको छ । विद्रोही
चेत थपिएको छ तर ‘आमा’ को उचाइमा
उठ््न सकेको छैन ।
४.७ कहाली (२०४९)
कहाली रायनको दोस्रो नाटक हो । एड््सबारे
जनचेतनालाई विषयवस्तु बनाइएको
छ । यसमा वर्गीय चेतना भरिएको छैन ।
मानवताबाद्यी दृष्टि प्रस्तुत भएको छ । प्रचार
नाटकको रूपमा यसले भूमिका निर्वाह
गरेको छ । गुरुआमाले बालबच्चालाई
डाक्टरकहाँ लगेर रोगीकै उपस्थितिमा
रोगको जानकारी दिएको देखाइएको छ । तर
यसले सामाजिक र वर्गीय समस्या छोडेर
जुन प्रचार कार्यमा केन्द्रित भएको छ, यसले
रायनलाई ‘सिम्मा’ को स्तरबाट तल झारेको
छ । यो सामाजिक यथार्थबाद्यी चेतनाभन्दा
माथि उठ््न सकेको छैन ।
४.८ ठूली (२०५१)
‘ठूली’ प्रख्यात गायक जीवन शर्माको रचना
हो । यसमा पनि ‘सिम्मा’ र ‘फूलबारीको
कथा हवाइको व्यथा’ मा झै गाउँको
अभाव, गरिबी, शोषण, अन्यायको जीवन
भोगेको ‘ठूले’ पात्र विदेशी सेनामा भर्ती
भएर श्रीलब््कामा पुगेको छ । गाउँमा सेते,
ठूली, आमाहरु सामन्त खेमवीर उसको
भरौटे रमाकान्तबाट पीडित देखिन्छ ।
यसको आफ््नोपन भनेको सेते र ठूली
पहिले नै वर्गसचेत युवायुवतीको रूपमा
चित्रित छन्् । उनीहरु सामन्तका विरुद्ध
प्रत्यक्ष सब््घर्ष गर्दछन्् । पहिले पहेँलो
कपडा लाउने रमाकान्त बहुदल आएपछि
निलो कपडा लगाएर निस्कन्छ । उसलाई
उसकै प्रभु खेमवीरले अवसरबादी भनेर
घाँटी कसेर मार्छ र यसको आरोप सेते र
ठूलीमाथि लगाउँछ । सेते जेल पनि पर्छ ।
पछि ठूले पनि विदेशबाट आउँछ र सबै
मिलेर सामन्त विरुद्ध जुलुश गर्छन्् । चेतना
प्रवाहको दृष्टिले ‘ठूली’ प्रगतिबाद उन्मुख
नाटक हो । यसमा कौतुहलता उत्पन्न गर्ने
सामर्थ्य पनि भरिएको छ । संबाद्य छरितो
खालका छन्् । कथानक भने विकीर्ण छ,
कसिएको छैन ।
४.९ बुहारी (२०५३)
यो प्रशिद्ध गायक एवं सब््गीतकर्मी शरद
पौडेलको नाटक कृति हो । नारी समस्या
र जागरणलाई विषयवस्तु बनाइएको छ ।
‘बुहारी’ सासू र जँड््याहा श्रीमानबाट पीडित
बनेर माइत पुग्छे, त्यहाँ पनि उपेक्षित हुन्छे ।
ब्लुजहरु गाउँछे । वर्गसचेत मास्टर्नीसँग
भेटेपछि ऊ पनि नारी हक–हितका लागि
घँसेनी, पधेर्नीसँग मिलेर सब््घर्ष गर्ने
उद््घोष गर्छे । लेखक शरदको भाषा मिठो
छ, लैब््गिक चेतना उठाउने प्रयत्न गरिएको
छ । सामाजिक यथार्थबाट माथि उठेको छ ।
वर्गीय चेतना भर्न खोजिएको छ ।
४.१० पूजा (२०५६)
‘पूजा’ जीवन शर्माको दोस्रो नाट््य रचना
हो । सामन्ती फटाहा गुण्डाहरुको अत्याचार
विरुद्ध उठेका जनकलाकारमाथि भएको
सरकार र उनीहरुको संयुक्त दमन यसमा
देखाइएको छ । सांस्कृतिक कार्यक्रममै
डबल सिंहको हत्या भएको छ । पूजालाई
पक्राउ गरिएको र रक्तिमको सदस्य भएकाले
कुटपिट गरिएको र जुलुशले थानाबाट
फिर्ता लगेको, गब्बरे गुण्डाले जनतालाई
दुःख दिउको, च्याँसे समेत भएर पूजाकी
आमाको घाँटी कसेर हत्या गरिएको छ ।
पुलिस प्रशासनले गब्बरेहरुकै साथ दिएको
देखाइएको छ । यसमा पनि पूजाहरुको
रक्तिमको आन्दोलन, गब्बरेहरुको
अत्याचार, शेरसिंहको दिल्लीगमन, जुलुश,
हँसिया–हथौँडाको झण्डा फहराएको आदि
धेरै कथाहरु जोडिएको छ । कथानक
चुस्त छैन । ‘ठूली’ मा जस्तो कौतुहल पैदा
हुँदैन । संबाद छरिता छन्् । चेतना प्रवाहका
दृष्टिले भने यस अघिका सबै प्रगतिबादी
अपेराभन्दा श्रेष्ठ छ तर कलाका दृष्टिले भने
कमजोर छ ।
४.११ अँध्यारोमा छटपटाएकाहरु (२०५६)
यो अपेरा आहुति र हिसन समालले रचना
गरेर मञ्चतन गरिएको उल्लेख पाइन्छ ।
४.१२ बुद्ध र चण्डाल युवती (२०५८)
मोदनाथ प्रश्रितद्वारा रचिएको, ऐतिहासिक
विषयवस्तु भएको नाटिका हो– बुद्ध र
चण्डाल युवती । बुद्धको पालामा पनि
छुवाछूत प्रथा थियो तर बुद्ध यसलाई मान्नु
हुन्थेन भन्ने थेम भएको यस नाटकमा
गौतम बुद्ध, चण्डाल युवती, धनाढ््य साहु,
पधेर्नी, केही बौद्ध भिक्षु, भरिया र मान्छे
पात्रहरु छन्् । चण्डाल युवती इँनारमा पानी
भर्न गएको देखेर अरू सवर्णका महिलाहरु
तर्कन्छन्् । धनाढ््य साहु युवतीलाई देखेर
साइत नपरेको भनेर फर्कन खोज्छ । त्यही
बाटो बुद्ध आउँछन्् र युवतीसँग पानी मागेर
खान्छन्् । छुवाछूत भन्ने हुँदैन, मान्छे अछूतो
हुँदैन भन्छन्् । यो देखेर साहु माफी माग्छ ।
सबै मिलेर मानवताको स्वर उचाल्ने वाचा
गर्छन्् । बुद्धकालमा यो स्तरको छुवाछूत
र शकुन–अपशकुन थियो कि थिएन ?
छलफलको विषय हो र बाँकी प्रश्रितले
सब््क्षिप्तमा त्यत्रो ऐतिहासिक प्रमाणलाई
सहज रूपमा प्रस्तुत गरेर अरूले नगरेको
हिजोको झोले तालले मात्र हुँदैन । अब
जनकलाकारहरु अनुकूल परिस्थितिमा
छन्् । राज्यले जनकलाकारहरुलाई अपेक्षित
साधनश्रोत जुटाउन सक्छ । प्रगतिवादी
अपेरा थियटरहरु निर्माण गर्न, व्यवस्थित र
आधुनिक आर्केस्ट्राको निर्माण गर्न ढिलो
भइसकेको छ । यसका साथै हिजो मञ्चित
अपेराहरु आज नेटमा पाइन्न । तिनको
रेकर्ड पनि छ कि छेन ? त्यो पनि पत्तो छैन ।
कम्तीमा ती अपेराहरुको संरक्षण गरियोस्् ।
अपेरा पाठपुस्तिकाहरको पुनर्प्रकाश होस््
भन्ने अपेक्षा गरिन्छ ।
सन्दर्भ सामग्री
१. उपाध्याय, प्रा. केशव प्रसाद, रिमाल,
व्यक्ति र कृति, दो.सं., ललितपुर ः
साझा प्रकाशन, २०४० ।
२. …… नेपाली नाटक र नाटककार,
ललितपुर ः साझा प्रकाशन, २०६७ ।
३. उपाध्याय, प्रा. जगत ‘प्रेक्षित’ र अन्य,
नेपाल प्रज्ञा–प्रतिष्ठानका गौरवमय साठी
वर्ष, काठमाडौँ ।
४. जैन, डा. दर्शन कुमार, स्वात्रन्त्र््योतर
हिन्दी नाटक ः आधुनिकता के सन्दर्भ
में, चण्डीगढ ः लिपि प्रकाशन, वि.सं.
२०३८÷सन्् १९८१ ।
५. ढकाल, घनश्याम र अरू (सम्पा.),
माक्र्सवादी साहित्य र जनयुद्धको
सौन्दर्य, काठमाडौँ ः अखिल नेपाल
लेखक सब््घ, केन्द्रीय समिति, २०६७ ।
६. माओत्सेतुब, “येनान की कला–साहित्य
गोष्ठी में भाषण”, माओत्सतुब की
संकलित रचनाएं, ग्रन्थ–३, पेकिब,
सन्् १९७५ ।
७. बराल, कृष्णहरि, गीत ः सिद्धान्त र
इतिहास, काठमाडौँ ः विद्यार्थी पुस्तक
भण्डार, २०६० ।
८. भण्डारी, टीका प्रसाद, पञ्चायती
व्यवस्थाको अवसानमा प्रगतिशील
गीतले खेलेको भूमिका, त्रि.वि. मा
प्रस्तुत शोधपत्र, (राजनीति शास्त्र)


