पचास लाख पर्यटक भित्र्याउने

याेगेश भट्टराइ

बुटवल , साउन ३ गते । विदेशमा बसेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए अागामी बर्ष पचास लाख पर्यटक भित्र्याउन सकिने कुरा बताएका छन ।

लुम्बिनी जान बुटवल आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न अनुराेध गरे । यसाे गर्नेहाे भने नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने उनले बताएका छन् ।

‘सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ? बरू नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सहयोग गर्नुपर्छ, हामी गर्छौं ।’

भट्टराईले आउँदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए । आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उनले कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।

उनले निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने दाबी गरेका छन् । ‘निजगढको जंगलभरि लाखौं मान्छे भरेर शिलान्यास गर्छौं’ मन्त्री भट्टराईले भने ।

सरकारले केही गरेन भन्ने चर्चा हुने गरे पनि सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको उनले तर्क गरे । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले आउँदो चुनावसम्म पार्टी घाोषणापत्रका अधिकांश प्रतिवद्धता पूरा गर्ने दाबी गरे ।

( अनलाइन खबरबाट )

IME Remittance