बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ । पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि त्यसमाथि स्टिलको फ्ल्याक बिछ्याउन थालेको निर्माण कम्पनी थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । करिब ६५ मिटर लठ्ठामा फ्याल जडानको काम सकिएको छ । “फागुनभित्र फिटिङको काम सकिन्छ”, उहाँले भन्नुभयो । कालीगण्डकी नदीमाथि बन्दै गरेको १३० मिटर अग्लो पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा लामो पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अहिले २१ कामदारले नियमित काम गरी रहेका छन् । पहिलो चरणमा २४ लठ्ठा तानिएको छ । बाँकी चार वटा साइड लठ्ठापछि थप गरिनेछ । पुलमा कूल ९४५ स्टिलका फ्ल्याक बिछ्याउनु पर्छ । दैनिक ४०–५० फ्ल्याक बिछ्याउन सकिन्छ । पुलको प्रतिवर्ग फिटमा चार जना अट्ने र पुल भरिभराउ हुँदा थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो भएकाले मोटरसाइकल सञ्चालनमा रोक लगाइने छ । आयु ५० वर्ष हुने पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासीलगायतलाई सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठीकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने छ । ‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी पाएको कम्पनीले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता गरेको हो । यो पुल एशियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिए पनि यहाँको खुल्ला प्रकृतिको पहिलो हो । चाँदनी–दोधारा पुलमा १४÷१५ वटा टावर राखेर बनाइएको छ । बागलुङमा बन्ने पुल खुला आकाशमा बन्ने भएकाले यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ थियो । निर्धारित समयभन्दा छ महिना पहिलै पुल निर्माण सक्ने निर्माण कम्पनीको लक्ष्य छ । (रासस)
यो पनि पढ्नुहोस्
- पहिलो त्रैमासमा १६ अर्बको विद्युत् निर्यात : भारततर्फ क्षमता बढ्यो, बङ्गलादेशतर्फ ४० मेगावाट पुनः सुरु
- ‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन
- पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
- मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने
- चक्रवात मुरासु भारतको आन्ध्र प्रदेशतर्फ उन्मुख, नेपालको मौसममा उल्लेखनीय प्रभाव नपर्ने
- पहिलो त्रैमासमा १६ अर्बको विद्युत् निर्यात : भारततर्फ क्षमता बढ्यो, बङ्गलादेशतर्फ ४० मेगावाट पुनः सुरु
- आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
- ‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन
- डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको ४ दिनपछि हेलिकप्टरबाट सकुशल उद्धार
- पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
- मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने
- गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
- चक्रवात मुरासु भारतको आन्ध्र प्रदेशतर्फ उन्मुख, नेपालको मौसममा उल्लेखनीय प्रभाव नपर्ने
- बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुङ्गा पुलमा सञ्चालनमा
- पहिरोले बुढीगण्डकी थुनिँदा बाढीले ठुलो क्षति
- हराउन थाले दसैँका परम्परागत पिङ
- साझा राष्ट्रिय सङ्कल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल


