त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् । रािष्ट्रिय समाचार समितिबाट प्रकाशित समाचार अनुसार नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौँ ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि छोटा गन्तव्यबाट केही चार्टर्ड उडान गरिरहेको छ । त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजीरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजीरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याइरहेका छन । हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजीराले कुवेतबाट नेपालीको उद्धार गरेको छ । त्यस्तै नेपाल एयरलाइन्सले विहान साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याएकाे छ । सोही एयरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौँ ल्याएकाे विमानस्थलले जनाएको छ । अन्तराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक पन्द्र बीस वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।
यसरी विभिन्न देशबाट नेपाल ल्याउन अनुमति दिने शिलशिलामा सरकारले उचित निर्णय गर्न नसकेकाे र केही विमान कम्पनीलाइ मात्र अनुमति दिएकाे भनेर विभिन्न माध्यमबाट समाचार संप्रेषित भइरहेका छन । त्यसै गरी भाडादरमा भएकाे हेराफेरिका विषयमा पनि विभिन्न संका र सरकारकाे विराेध भइरहेकाे छ । जेहाेस विदेशमा अलपत्र नेपाली नेपाल फर्कन पाउनु सुखद कुरा हाे । यसरी नेपाल फर्केका नेपालीलाइ उचित काम र दामकाे व्यवस्था गरी स्वदेशमा नै बस्ने वाताबरण मिलाउने तर्फ सरकारले समयमै उचित ध्यान पुराउनु जरूरी छ ।



