त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २५८ र दमामबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । रियदमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ । यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ । थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको विमानस्थलले जनाएको छ । मालिन्दो एयरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमश ः १७३ र १७१, एयर अरेबियाले सारजाहाबाट १६७, फलाई दुबईले १५७ र इतिहाद एयरले १३६ नेपाली काठमाडौँ ल्याएको छ । आइतबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १० चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।
यो पनि पढ्नुहोस्
- आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
- ‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन
- डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको ४ दिनपछि हेलिकप्टरबाट सकुशल उद्धार
- पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
- मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने
- गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
- चक्रवात मुरासु भारतको आन्ध्र प्रदेशतर्फ उन्मुख, नेपालको मौसममा उल्लेखनीय प्रभाव नपर्ने
- बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुङ्गा पुलमा सञ्चालनमा
- पहिरोले बुढीगण्डकी थुनिँदा बाढीले ठुलो क्षति
- हराउन थाले दसैँका परम्परागत पिङ
- साझा राष्ट्रिय सङ्कल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल
- चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा


