नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, मौसमविद् कँडेलले भन्नुभयो । मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ । यस वर्ष निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ । आज रातिबाट दुई÷तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव चार र अधिकतम तापक्रम ३०ं दशमलव छ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव तीन डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ
यो पनि पढ्नुहोस्
- ‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन
- पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
- मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने
- चक्रवात मुरासु भारतको आन्ध्र प्रदेशतर्फ उन्मुख, नेपालको मौसममा उल्लेखनीय प्रभाव नपर्ने
- बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुङ्गा पुलमा सञ्चालनमा
- आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
- ‘गाउँगाउँमा सिंहदरबार’, जग्गा प्रशासन स्थानीय तहबाटै – प्रधानमन्त्री बालेन
- डोल्पाको हिमपातमा फसेका ६ भारतीय पर्यटकको ४ दिनपछि हेलिकप्टरबाट सकुशल उद्धार
- पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
- मलेखु-मुग्लिन सडक आज ३ घण्टा बन्द रहने
- गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
- चक्रवात मुरासु भारतको आन्ध्र प्रदेशतर्फ उन्मुख, नेपालको मौसममा उल्लेखनीय प्रभाव नपर्ने
- बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुङ्गा पुलमा सञ्चालनमा
- पहिरोले बुढीगण्डकी थुनिँदा बाढीले ठुलो क्षति
- हराउन थाले दसैँका परम्परागत पिङ
- साझा राष्ट्रिय सङ्कल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल
- चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा


