काठमाडौं ।नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर केन्द्रीय कमिटी बैठकमा जीवन शर्माको गीत गुनगुनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी फुटाउन अग्रसर पनि नहुने र कसैमाथि कारवाही पनि नगर्ने बताएका छन् ।मंगलबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा उनले यस्तो बताएका हुन् ।
गत आइतबार संसद विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल समूहको छुट्टाछुट्टै बैठक राखेका थिए। यसैक्रममा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आफूपक्षधरको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल समूहलाई कटाक्ष गरेका हुन् ।तर पार्टी विभाजनको सम्भावनालाई उनले अस्वीकार गरेनन् । बैठकलाई सम्बोधन गर्दै उनले आफू इतर पक्षलाई पिलोसँग तुलनासमेत गरे ।उनले जीवन शर्माको गीत गुनगुनाउँदै गर्दै भने, ‘पिलो निचोरी फ्याँक्दा वजन घटेकाे हुन्न ….।’
यसैगरि प्रचण्ड–माधव नेपाल समूहले पनि केन्द्रीय समितिकाे बैठक राजधानिकाे कार्की ब्याङ्केटमा बसेकाे थियाे ।




