‘ताउ-ते’को असर घट्दो, नेपालमा बदली कायमै तर प्रभाव कम

काठमाडौँ ६ जेठ । अरब सागरबाट बनेको सामुद्रीक आँधी ताउतेको असर पछिल्लो समयमा घट्दो क्रममा रहेको छ । यसको प्रभावले अहिले पनि नेपालमा मौसम बदली भइरहेको छ ।

अधिकांश क्षेत्रमा सामान्य र केही क्षेत्रमा भारी वर्षा समेत भएको छ । यसले क्षति हुने गरी प्रभाव पाने भने नसकेको मौसम विज्ञान विभागले जनाएको छ । अहिले ताउते पूर्वतर्फ मोडिएको छ । ताउतेले नेपालमा कस्तो कस्तो असर गर्छ पुरा विवरण तल हेर्न सक्नुहुन्छ :

मौसम विश्लेषण 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको छ र यसको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ ६ गते 

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका केहि स्थानहरुमा भारि हिमपात/वर्षाका सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ७ गते (शुक्रबार)

दिउँसो:  देशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य  बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती:  प्रदेश १ लगाएत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य  बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ। प्रदेश १, बाग्मति र गण्डकी प्रदेशका एक /दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ८ गते (शनिबार)

दिउँसो:   प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रहि बाँकि भू-भागमा आंशिक बदलि रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  :   प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली रहि बाँकि भू-भागमा आंशिक देखी सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम  बर्षा र थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक  सतर्कता अपनाउन हुन अनुरोध छ।

IME Remittance