यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटाएको छ। अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो ।


