मन्त्रीपरिषद पुनःगठन : तीन उपप्रधानमन्त्री, अरु कोको भए मन्त्री, कोको बाहिरिए ?

२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको महन्त ठाकुर समुह सहभागी गराएर आज मन्त्रिपरिषद् पुनगठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्रीसहित १३ मन्त्री हटाएका छन् ।

नयाँ मन्त्रिपरिषदमा भने तीन उपप्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् ।

महासेठलाई परराष्ट्र र महतो शहरी विकास मन्त्कोत्री बनेका छन् । यस्तै नयाँ मन्त्रिमण्डलमा जसपाबाट शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फे हटाइए ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले पनि मन्त्री छाडेका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि बाहिरिए ।

अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठ भने कायमै छन् ।
आजै मन्त्रीहरुले सपथ लिएर पदभार ग्रहण पनि गरेका छन् ।

IME Remittance