
ट्रम्पको निन्दा गर्दै मेरीले हालै एक पुस्तक समेत सार्वजनिक गरेकी छन् । त्यहाँ उनले आफ्नो परिवारले कसरी संसारकै खतरनाक व्यक्ति सिर्जना गर्यो भन्नेबारे चर्चा गरेकी छन् । मेरीले यही शनिबार २०१८ र २०१९ मा रेकर्ड गरेको बताएकी छन् । एक रेकर्डमा ८३ वर्षीया बेरीले भनेकी छन् कि, २०१८ मा उनले आफ्नो भाइको अन्तर्वार्ता फक्स न्युजमा हेरेकी थिइन् । जहाँ उनले दिदीलाई आमाबाबुबाट अलग्याइएका आप्रवासी बच्चाहरु भएको सीमाक्षेत्रमा राख्न सुझाव दिएका थिए ।
‘उसको आधार, मेरो मतलब मेरो परमेश्वर, यदी तिमी धार्मिक व्यक्ति भएको भए तिमी मानिसलाई सहयोग गर्न चाहन्छौ,’ बेरीले भनिन् । यस्तै ट्रम्पले ट्वीटमा झुट बोलेको पनि बताइन् । साथै राष्ट्रपतिले आफ्ना अध्यागमनबारे बिचारहरु पढ्ने नगरेको पनि बेरीले बताएकी थिइन् ।
‘उसले के पढेको छ ?’ उनले भनिन्, ‘अहँ, उ पढ्दैन ।’ उनको रेकर्ड पहिलो पटक वासिंटन पोस्टमा प्रकाशित थियो । रोबर्ट ट्रम्पको निधनपछि ह्वाइट हाउसमा उनलाई सम्झँदै गर्दा बेरीको रेकर्डिङ चर्चामा आएको हो ।
-एजेन्सी


