सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]
सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]
बलात्कारपछि हत्या गरेको स्वीकारे दिनेशले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका […]
छुवाछूत र अन्धविश्वास अन्त्यका लागि नयाँ सामाजिक अभियान शुरु गर्न राष्ट्रपतिबाट आह्वान: राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ […]
काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो । गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उहाँ सानैदेखि निर्भिक, […]
विद्यालय क्षेत्रमा तीव्रगति र हर्न बजाउन निषेध लेखिएको छ, विद्यार्थी र शिक्षिका अध्ययन अध्यापनमा व्यस्त छन् । सडकमा भने एउटी […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा […]
दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न […]
भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक […]
कात्रो किनेर राख्नु मेरी आमा म एकसरो कपडामा घर बाहिर निस्किएकी छु घाँसदाउरा गर्दा बनमा एक्लै हुन्छु स्कुल जाँदाआउदा बाटोमा […]
भीरबाट पहिरोले घिसार्दै ल्याएर
एउटा ढुङ्गालाई गुम्लुङ्ग आफ्नो पछ्यौरीले
घाँटीसम्म छोपेर हिलो र धूलोले
राहत बिसाएको थियो
गाउँलेले बडो जतन र माया दिएर त्यसलाई
गाउँ किनारमा राखेर
धूलो र हिलो धोई पखाली पुछपाछ गरेर
कहिले नबिग्रियोस् भनी
सक्कली पालिस पोतेर
उसलाई टलक्क टल्काए
उसलाई पूजा गरेर भगवान बनाए ।
ढुङ्गाको शिर हुँदैन
त्यसैले उसको दिमाग हुँदैन
भगवान बनेको दम्भले
समतलको माटोलाई थिच्दै थिच्दै
ओरालो लगाएर
उतातिरको गाउँलेले धकेल्दा
खुसी खुसी घस्रिदै
गाउँ जोगाएको बहानामा तिनलाई
अझै बढ्न दिएर
म भगवान हुँ भन्ने दम्भले
वरिपरिको बाली छरपष्ट पारेर
प्रगतिका डोबहरू छताछुल्ल पारेर
गजधम्म राजमार्ग छेकेर बसेको
अहिले गाउँलेहरूले बुझ्न थाले ।
फालिएको ढुङ्गालाई भगवान भनेर पूज्ने
केही गाउँलेहरूअहिले मर्माहत भएकाछन्
ढुङ्गा र भगवानको भेदमा चुक्न पुगेर
पछुताइरहेकाछन्
र त बाँकी गाउँलेहरू सँग मिलेर
अहिले त्यस ढुङ्गालाई उखेल्ने तरखरमा छन्
त्यसलाई खोप्दै खोप्दै
मरन्च्याँसे बनाउने चेस्टामा लागेका छन्
यस्तोबेला प्रगतिको बाधक
आश्रयदाताकै सर्वनाशक
त्यस मूढ ढुङ्गा टुक(याउने काममा
हामी पनि हात बढाऔं साथी
सबैले हात बढाऔं ।