चाभेजको समाजवादी अर्थनीति अन्तर्गत दैनिक उपभोगका वस्तुहरूमा सरकारले अनुदान दिन थाल्यो। फलस्वरूप आयातीत सामान समेत निकै सस्ता भए। देशका ससाना सहर र गाउँका विपन्न मानिसहरूसम्म समेत सहजै उपभोग्य सामानहरूको पहुँच पुग्न थाल्यो। मानिसहरूको पोषणको अवस्थामा सुधार भयो। गरिबी र असमानता घटे।
तर गरिबका लागि स्वर्गसरि भनि प्रचार गरिएको भेनेजुएलाको अर्थतन्त्रले चाभेजको मृत्यु लगत्तै घुँडा टेक्यो । गरिबी, कुपोषण र भोकमरीले आकाश छोयो।


