शिक्षा

गणेश हिमालकाे चित्रण

रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिका गाउँपालिका २ स्याउबारीबाट बिहान स्पष्टसँग देखिएको क्षितिजपारिको सुनौलो गणेश हिमाल आफैँमा आकर्षित थियो । काठमाडौँबाट पुगेका चित्रकारले त्यसको तस्वीर लिई सेल्फी मात्रै लिनुभएन, चित्रमा दुरुस्त उतार्नुभयो ।

पर्वतमा भव्य सांगीतिक कार्यक्रम

देशको सीमा मिचिँदा भइरहेको पीडाको कथा। गीत सुनेर रमाइलो गर्ने ‘मुड’ मा पुगेलाई शर्माले राष्ट्रियताको जालोमा बाँधेर भावुक बनाए। ‘एउटा सानो पारिवारिक चोट परेको छ, त्यसलाई छोडौँ, त्योभन्दा ठूलो पीर देशलाई परेको छ’ उनले भने, ‘परिवारको पीरभन्दा राष्ट्रको पीर र चोट कयौँ गुणा संवेदनशील र पीडादायी हुने रहेछ।’ उनले यसो भनिरहँदा दर्शकहरूले भरिएको हलमा सन्नाटा छायो।

जीवन शर्माकाे गीत

कवि कृष्ण सुदामाले जीवन शर्मा शिर्षकमा रचना गर्नुभएकाे याे गीत गजल जस्ताकाे तस्तै राखिएकाे छ । याे गजल सफल खबर पत्रिकाबाट साभार गरिएकाे हाे ।

कुवेतमा सांगीतिक तथा हास्यव्यंग्य कार्यक्रम

२०७६ साल असौज सोह्रगते साँझपख कुवेत विमानस्थलमा झर्दा आकाशमा अलिअलि बादल थियो । नेपालबाट अाउँदा अनुमान गरेजस्तो गर्मीको महशुस यहाँ भएन । कुवेतमा कृयाशील संस्था लालीगुराँस सांस्कृतिक परिवारले दशैँको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रमकोलागि जितु नेपाल र मलाई बोलाएको थियो । इमिग्रेशनबाट बाहिर निस्कँदा कुवेतमा विभिन्न सामाजिक संस्थामा कृयाशील नेपालीरु फुलमाला, खादा, फेटा आदि लिएर स्वागतार्थ उभिएका थिए

सी विचारधारा बारे

सी विचारधारा र नेकपाको प्रशिक्षण कार्यक्रम – मोहनविक्रम सिंह चीनको कम्युनिस्ट पार्टीको सहभागितामा समेत नेकपा (नेकपा)ले जुन प्रशिक्षणको आयोजना गरेको […]

जन्मदिन मनाउने संकृति

सानाे देश नेपालका नेताहरूले केक काटेर बडाे रवाफकासाथ जन्मदिन मनाएका तस्वीर सार्वजनिक गर्छन । तर विशाल भुगाेल र जनसंख्याकाे देश भारतका प्रधान मन्त्री नरेन्द्र माेदीले आमा सँग खाना खाएर जन्मदिन मनाएकाे दृष्य सार्वजनिक भएकाे छ ।

सर्वहारा र मगन्ते बीचकाे अन्तर

कैयाैं मानिसहरूले सर्वहारा भनेकाे मगन्ते जस्तै हुन भन्ने धारणा बनाएका हुन्छन । तर यथार्थमा उनीहरू बीचमा ठुलाे अन्तर हुन्छ । त्याे अन्तर सामान्य प्रकारकाे नभएर आधारभुत र गुणात्मक किसिमले नै फरक हुन्छ । त्याे मुलभुत रूपमा चेतना, बर्ग र संघर्षकाे प्रकृतिकाे हिसाबले नै विल्कुलै फरक धरातलमा उभिएकाे हुन्छ ।

सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न आग्रह

रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुआत गर्दा केही कठिनाइ हुने उल्लेख गर्दै उनले युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको बताए ।

बाकाे चरित्र

बा नरीवलजस्तै हुन्छन् । बाहिर जति कडा , जटिल र जटायुक्त देखिए पनि भित्र नरम , मिठो र जीवनरसले भरिएकाे […]

एयर ट्याक्सी

रस्सामा एयर ट्याक्सी सन्चालनमा अाएकाे छ । याे सँगै विश्वमा यातायातकाे क्षेत्रमा नयाँ प्रयाेगकाे सुरूवात भएकाे छ । यसले यात्रुलाइ […]

IME Remittance