समाचार

प्रगतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन हुने

प्रगतिशील पत्रकार संघ नेपालकाे प्रथम सम्मेलन अर्काे साल जेठ महिनाभित्र हुने भएकाे छ । संघका अध्यक्ष नारायण शर्माकाे नामबाट पठाइएकाे विज्ञप्ति अनुसार यही भदाै महिना देखी चैत्र महिना सम्म देशव्यापी रूपमा संगठनात्मक अभियान सन्चालन गरिने छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन मन्त्री गाेकर्ण विष्टकाे अाग्रह

सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन । हजाराैं श्रमिकको जिम्मा कोषले लिन्छ, त्यसैले रोजगारदाताले मन खुम्च्याउन जरुरी छैन ।

कार्यक्रम प्रस्तोता रवि लामिछाने सरकारी वकिलको कार्यालयमा

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनुभयो ।

त्रिशूली वाङ्मयमा डङ्गोल

त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आरएम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

राैद्राग्नि

ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जङ्गलमाथिको आकाशमा बाक्लो धुँवा निरन्तर देखिएको छ । एकजना एएफपी फोटोग्राफरका अनुसार सयौं किलोमिटरको दूरीमा आगोका लप्का जताततै देखिएका छन् ।

कुलमानकाे कसरत

नेपाल विद्युत प्राधिकरणले विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कूल क्षमता दुई हजार १२४ मेगावाट रहेको छ । प्राधिकरणले ती आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाको रुपमा समेत लिएको छ ।

समाज बहकिँदै गयो

परराषट्र मन्त्री प्रदिप ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिनुभएकाे छ ।

चट्याङदेखि सावधान

 भदौ, काठमाडौं । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ । […]

नौमती बाजा प्रतियोगिता

स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती […]

रेलवे कम्पनी सुरू हुँदै

– सञ्चिता घिमिरे धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष […]

IME Remittance